चिकित्सकमा कोरोना संक्रमण, अस्पताल बन्द

  • जेठ २२, २०७७ | ५१७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं (नेस)। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । दुई चिकित्सक, एक नर्स र दुई बिरामी गरी पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको हो ।

ट्रेसिङ कार्य जारी रहेको र संक्रमित चिकित्सकको संख्या मंगलबारसम्म एक रहेकोमा बुधबार अर्का एक चिकित्सक पनि थपिएका छन् । मंगलबार ४ जना संक्रमित देखिएसँगै राति नै सूचना निकालेर अस्पताल बन्द गरिएको केएमसी मेडिकल कलेजका प्रमुख प्राडा चन्दा कार्कीले बताउनुभयो ।

केएमसीले कोरोना विशेष अस्पताल दुवाकोट भक्तपुरमा स्थापना गरेको भए पनि सिनामंगलमा बिरामी, चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको छ ।

कोरोना पुष्टि भएका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको अस्पतालले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ । चिकित्सक र बिरामीमा कोरोना संक्रमण भएको भन्दै अस्पतालको आकस्मिक सेवासमेत बन्द गरिएको छ ।

अहिले पनि ६० भन्दा बढी बिरामीले सोही अस्पतालमा उपचार गराइरहेका छन् । बिरामी र कुरुवाको स्वाब कलेक्सन गरी परीक्षण रिपोर्ट नआएसम्म अस्पताल बाहिर जान रोक लगाएको मेडिकल कलेजका प्रमुख डा. कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जति पनि भर्ना भएका बिरामी हुनुहुन्छ उहाँहरूको सुरक्षित तरिकाले यही अस्पतालमा उपचार भइरहेको छ । यस्तो अवस्थामा संक्रमित अस्पताललाई सिल गरेर भर्ना भएका बिरामीलाई डिस्चार्ज नगरी परीक्षण गर्नुपर्ने हुन्छ ।’

बिरामी मात्र नभई ट्रेसिङमा बिरामी कुरुवा, भिजिटर, चिकित्सक, नर्स, कर्मचारी सबै तानिने हुनाले झन्डै २ सयको हाराहारीमा टे«सिङको संख्या पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यदि यो अस्पतालको क्षमताभन्दा बढी संख्यामा संक्रमण देखिएमा सरकारले संक्रमितलाई व्यवस्थित तरिकाले अर्को अस्पतालमा सार्न सक्ने हुँदा कसैले चाहेर पनि डिस्चार्ज भने हुन नपाउने डा. कार्कीले बताउनुभयो ।

मृतकको संख्या नौ पुग्यो

कोरोना संक्रमणका कारण दोलखाका एक पुरुषको मृत्यु भएपछि मृतकको संख्या नौ पुगेको छ । बुधबार ७६ वर्षका एक पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको हो ।

संक्रमित पुरुष काठमाडौं मेडिकल कलेज (केएमसी) मा ब्रेन ह्यामरेज भएर ल्याइएको बिरामी हुनुहुन्थ्यो । उहाँको शल्यक्रिया सकी केएमसीले नै स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण प्रमाणित भएको थियो । लगत्तै ती पुरुषलाई जेठ १४ गते त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।

त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचारकै क्रममा बुधबार उहाँको निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्काले जानकारी गराउनुभयो ।

अक्सिजन र भेन्टिलेटर चाहिए मात्र अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अक्सिजन र भेन्टिलेटर चाहिने अवस्थाका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने नीति लागू गर्ने बताउनुभएको छ ।

मन्त्री ढकालले बुधबार बौद्धमा स्वास्थ्य सामग्री ग्रहण गर्ने क्रममा सो कुरा बताउनुभएको हो । उहाँले कोरोना संक्रमणको लक्षण ८० प्रतिशतमा सामान्य अवस्थामा देखिने हुनाले नियमको पालना गरेमा अस्पताल भर्ना हुनु नपर्ने बताउनुभयो ।

कोरोना संक्रमितको संख्या २ हजारभन्दा माथि पुगेकाले सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने भएकाले नयाँ नीतिअनुसार अघि बढ्ने बताएको छ ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय १ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको बताउनुभयो ।

उहाँले पीसीआर विधिबाट ८० हजार २ सय ६८ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ परीक्षण गरिएको र संक्रमितमध्ये २ सय ७८ जना निको भएर घर फर्किसकेको जानकारी गराउनुभयो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब