आज ‘पीनम्ब्रल’ चन्द्रग्रहण लाग्ने : कति बेला हेर्न सकिन्छ ?

  • जेठ २३, २०७७ | ६०० पटक पढिएको | सीमा संदेश
alt

शुक्रबार यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो ।

आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको छ । यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न सकिनेछ ।

आज देखिने चन्द्रग्रहण पीनम्ब्रल अर्थात् उप छाया ग्रहण हो । यसमा पृथ्वीको मुख्य छायाको बाहिर हिस्सा चन्द्रमामाथि पर्दछ । जसले गर्दा चन्द्रमा चमक फिक्का पर्नेछ ।

वरिष्ठ वैज्ञानिक टीवी वेंकटेश्वरनका अनुसार यो उप छाया ग्रहण भएको कारण यसको असर धेरै देखिनेछैन । चन्द्रमामा मात्र हल्का छाया देखिनेछ । यसले चन्द्रमाको ५८ प्रतिशत हिस्सा मात्र ढाक्नेछ ।

वेंकटेश्वरनका अनुसार यो ग्रहण हेर्न सजिलो छैन । चन्द्रग्रहण पूरा प्रभावमा तपाईंले निकै ध्यान दिनएर हेर्नुपर्ने हुन्छ । यदि अकाश सफा छ भने चन्द्रमाको उत्तरी र दक्षिणी क्षेत्रमा चन्द्रमाको चमकमा केही अन्तर देख्न सकिनेछ ।

सन् २०२० मा कूल ६ वटा ग्रहण लाग्नेछ । यसमा दुई सूर्यग्रहण र चार चन्द्रग्रहण लाग्नेछ । अब आगामी चन्द्रहरण ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछ भने २१ जुन र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्नेछ ।

स्रोत : बीबीसी

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब