अस्पतालको जागीरबाट निकालिएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह

  • जेठ २६, २०७७ | ३६० पटक पढिएको | सीमा संदेश
alt

अछाम । अछामको बयलपाटा अस्पतालको जागीरबाट निकालिएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ ।

अछामकै साँफेबगर नगरपालिका ६ भागेश्वरका आउजी बिगत दुई बर्षदेखि अस्पातालमा सफाई कर्मचारी रहेको बुझिएको छ । बयालपाटा अस्पतालमै आत्दमहको प्रयास गरेका आउजीलाई गम्भीर भएपछि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएपनि उनको उपचारकै मृत्यु भएको साँफेबगर प्रहरीले जनाएको छ ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।दुई महिना अगाडी नै अस्पतालले हटाएको चिठी थमाएपछि सिद्धार्थ तनावमा रहेको बुझिएको छ ।

अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब