सिरहा । सिरहामा थप १२ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ ।
सिरहा नगरपालिकाद्धारा संचालित सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा रहेको १ महिला र ९ जना पुरुष गरी १० जनामा कोरोना फेला परेको छ ।
त्यसैगरी बरियारपट्टी गाउँपालिकाको क्वारेन्टाइनमा १ जना पुरुष र सुखिपुर नगरपालिकाको क्वारेनटाइनमा १ जना पुरुष गरी कुल १२ जना कोरोना संक्रमित पाँच दिनको अन्तरालमा पुष्टी भएको छ ।
कोरोना पुष्टी भएकाहरुलाई आईसुलेशनमा भर्ना गर्नका लागि तयारी भईरहेको छ । कोरोना भाइरस पुष्टी भएका सबै जना भारतबाट आएको थियो ।
सिरहा कोरोना भाइरस संक्रमितको कुल संख्या ६१ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved