सिरहामा २० जनाले कोरोनालाई जिते

  • जेठ २७, २०७७ | ८२३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा २० जनाले कोरोनालाई जितेर डिस्चार्ज भई घर फर्केका छन ।

सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आईसोलेसनमा उपचाररत २० जना कोरोना संक्रमितहरु मंगलबार उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन् । आईसोलेसनमा उपचारत २६ जना मध्ये एकै दिन २० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएको जिल्ला अस्पताल सिरहा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी दिएकाछन् ।

कोरोना संक्रमण पुष्टी भएपछि सो अस्पतालको आईसोलेसनमा उपचार भईरहेका मध्ये सिरहाका सखुवानन्कारकट्टी गाउँपालिकाका ३० वर्षिय पुरुष १ जना, लहान नगरपालिकाका १९ देखि ४५ वर्ष उमेरका ८ जना, धनगढीमाई नगरपालिकाका ३४ देखि ३८ वर्षका तीन जना, बरियारपट्टी गाउँपालिकाका १८ देखि ४० वर्ष उमेरका ४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका २० वर्ष पुरुष, नवराजपुर गाउँपालिकाका १८ वर्षिय पुरुष, औरही गाउँपालिकाका ३२ वर्षिय पुरुष, कल्याणपुर नगरपालिकाका २० वर्षिय पुरुष र सप्तरीको रुपनी गाउँपालिकाका ३५ वर्षिय पुरुषलाई डिस्चार्ज गरिएको छ ।

गत जेठ ३, ५, ६ र १२ गते स्वाब संकलन हुँदा उनीहरु कोरोना संक्रमित भेटिएका थिए । जेठ १२ मा संक्रमित भेटिएकाहरु लहान नगरपालिकाका ८ जनालाई १५ दिनमा, धनगढीमाई नगरपालिकाका दुई जनालाई १५ दिनमा र एक जनालाई ६ दिनमा डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज हुनेलाई सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाई, स्वास्थ्यकर्मीको टोलीले फूल दिएर घर फर्केका छन ।  अस्पतालको आईसोलेसनमा रहेका ६ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु पनि केही दिनभित्रै उपचार पश्चात घर फर्किने महेन्द्र गेनाई कोरोना अस्पतालका इन्चार्ज डा. सुभास मण्डलको भनाई छ ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब