मनसुन सक्रिय

  • असार ४, २०७७ | ५५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय भएको छ । 

गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेको छ । मनसुन सुदूरपश्चिमतर्फ सर्ने क्रममा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

माथिल्लो वायुमण्डलमा उच्चचापीय क्षेत्रको प्रभाव देखिएकाले कर्णालीबाट मनसुन अगाडि बढ्न नसकेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

आज प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ । त्यस्तै प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । अहिले काठमाण्डौ उपत्यका सहित प्रदेश १ र ५ का केही ठाउँमा हल्का पानी परेको छ । 

आज दिउँसोपख प्रदेश २, वाग्मती, गण्डकी, र कर्णालीमा सामान्य बदली रहने र बाँकी प्रदेशमा पुर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब