नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोलीको छर्रा लागेर १२ जना घाइते

  • असार १५, २०७७ | ७९१ पटक पढिएको | सीमा संदेश
alt

सर्लाहीमा स्थानीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएका छन् ।

धनकौल गाउँपालिकामा आइतवार राति भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् । घाइते सबैको अवस्था सामान्य छ ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेर निहुँमा झडप भएको हो ।
सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै जाँदा दुवैतर्फ सयौँ मानिस भेला भएका थिए ।

त्यसक्रममा तीन राउण्ड गोली चलेको सुनिएको प्रहरीले जनाएको छ । गोली चलेको बन्दुक कसको हो भन्ने खुलिसकेको छैन । यद्यपि, प्रहरीले स्थानीय मुकेश शाहलाई गोली चलाएको आशंकामा पक्राउ गरेको छ ।

घाइतेको जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । राति साढे ८ बजे भएको घटनाले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँपालिकामा पुगेको थियो भने केही राउण्ड टियर ग्यास हानिएको थियो ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब