प्रदेश २ मा यसवर्ष सार्वजनिक बिदा ६ दिनमात्रै

  • असार १७, २०७७ | २८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ सरकारले २०७७ सालमा वार्षिक सार्वजनिक विदा कटौती गरेर ६ दिनमा झारेको छ ।

संघीय सरकारले दिने सार्वजनिक विदाबाहेक प्रदेश सरकारले निर्णय गरेर पनि प्रदेशभर सार्वजनिक विदा कायम गर्न सक्छ ।

यसअघि २०७६ सालमा संघीय सरकारले दिएको विदाबाहेक ११ दिन सार्वजनिक विदा दिँदा प्रदेश सरकारको आलोचना भएको थियो ।

२०७७ सालमा जनै पूर्णिमा (रक्षा बन्धन) का दिन साउन १९ गते सोमबार र कृष्ण जन्माष्टमीको दिन साउन २७ गते मंगलबार विदा दिएको छ ।

यस्तै,  विवाह पञ्चमी पुस ४ गते शनिबार, मधेश आन्दोलन स्मृति पर्व माघ ५ गते सोमबार, तराई होली चैत १७ गते मंगलबार पनि प्रदेश सरकारले विदा दिएको छ ।

पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर दिन यकीन गरी १ दिन विदा दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

के–केमा गर्‍यो विदा कटौती ?

२०७६ मा प्रदेश सरकारले सीता जयन्ती, रामनवमीमा १/१ दिन तथा छठ र होली पर्वमा २/२ दिन सार्वजनिक विदा दिएको थियो ।

तर, गत बर्ष दुई दिन छठ पर्वको विदा दिएको प्रदेश सरकारले यसवर्ष एक दिन पनि दिएको छैन । होली पर्वमा १ दिनमात्रै विदा दिएको छ भने सीता जयन्ती गत वैशाख १९ गते नै मनाइसकेका कारण वार्षिक विदाको सूचीमा राखिएको छैन ।

२०७७ सालको रामनवमी भने मलमास परेका कारण २०७८ साल वैशाख ८ गते परेकाले यस वर्षको विदाको सूचीमा नपरेको हो ।

prov-2

प्रदेश मन्त्रिपरिषदको जेठ १० गतेको बैठकले सार्वजनिक विदाबारे निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्‍त्रालयले जनाएको छ ।  तर निर्णय भने ढिला गरी सार्वजनिक भएको हो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब