जनकपुरमा बालिका कञ्चनको बलात्कार गरी हत्या गर्ने पक्राउ

  • असार २२, २०७७ | ३५१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ पर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

कञ्चनलाई बालत्कार गरी हत्या गरेको आरोपमा भारत उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिन पश्चात सोमबार पत्रकार सम्मेलन गरी अभियुक्त सिंहलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका सिंह जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था स्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत रहेका छन् । गएको बुधबार भैँसी चराउन आँप बगैँचामा गएको बेला स्थानीय विनोद पजियारकी छोरी कञ्चनलाई उनले आँप दिने बहानामा फकाइ बलात्कार गरेरहत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

इन्ड्रट्रिजकै पछाडिको बगैँचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरेको सिंहले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार दिउँसो कञ्चनको शव हत्या गरेको अवस्थामा नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो ।

घटनास्थलबाट प्रहरीले एकवटा कम्बल बरामद गरेको थियो । घटना पश्चात प्रहरीले स्थानीय अघोरीबाबासहित २० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको धनुषा प्रहरीले जनाएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब