जनप्रतिनिधिले एकल महिलालाई कपाल काटेर गाउँ घुमाए

  • साउन १, २०७७ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । पर्सामा एकल महिलालाई एक कार्यपालिक सदस्य सहित केही व्यक्तिहरुले कपाल काटेर गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । 

पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरको एकल महिला उमादेवीलाई बुधबार बिहान ९ बजे सोही गाउँपालिकाका सदस्य सुवास साह कानु, संजय गिरी, मुन्नीलाल परदेशी, राजदेव शर्मा लगायत केही महिला समेतले ‘बदचलन’ भएको आरोप लगाई कपाल काटेर गाउँ घुमाएको घटना बाहिरिएको हो ।

उकत घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेका प्रहरीहरुले मुन्नीलाल परदेशी र राजदेव शर्मा सहित केही महिलाहरुलाई पक्राउ गरेको छ भने गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु फरार भएका छन् । 

पीडित महिलालाई आफन्तको जिम्मामा लगाएर पठाएको र केही व्यक्तिहरुलाई हिरासत राखिएको जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम ब्रान्चका प्रहरी निरिक्षक रबी भुषण यादवले जानकारी दिए ।

पीडित एकल महिलाको दुई वर्ष अगाडी पतिको मृत्यु भएको थियो । उनको ५ वटा छोरी र एक छोरा छन् । परिवारका सदस्यहरुको लालन–पालनको लागि अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेको उनले प्रहरीलाई बताइन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब