मिर्चैयामा वडा कार्यालयमै आक्रमण, चार घाईते

  • साउन ४, २०७७ | २९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको मिर्चैया नगरपालिका-३ राघोपुरस्थित वडा कार्यालयमै आइतबार दिउसो एक समूहले आक्रमण गरेको छ ।

स्थानीय खगेश्‍वर गोहिवारको समूहले आक्रमण गर्दा त्यहीँ ठाउँका ४ जना घाइते भएका हुन् । घाइते हुनेमा किशोरकुमार यादव, भोला प्रसाद यादव, हेमकुमार यादव, श्रीप्रसाद यादव छन् । भाटाले प्रहार गर्दा उनीहरुको टाउको फुटेको छ ।

घाइते सबैलाई उपचारका लागि मिर्चैया बजारस्थित मंगलम हेल्थ केयर लगिएको छ । ‘१०/११ दिन अगाडि वडा कार्यालयमा खगेश्‍वरको समुहले ताला लगाएको थियो,’ घाइते किशोरले भने, ‘छलफल गरी खोल्न भनेपछि एक्कासि आक्रमण गरे ।’

आक्रमण गरेका खगेश्‍वर तत्कालीन राजपा पार्टीबाट वडा अध्यक्षमा चुनाव लडेका थिए । निर्वाचित वडाध्यक्ष हरिनारायण कुसियैतले अनियमितता गरेको भन्दै खगेश्‍वर समूहले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

वडाध्यक्ष कुसियैतले लकडाउनका कारण खर्च हुन नसकेको बजेटमा अनियमितता भएको भनेर रिसइबी साँध्‍न वडा कार्यालयमा तालाबन्दी गरेको दावी गरे ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब