एक हजार रुपैँयाकै लागि दलित युवकको अपहरणपछि हत्या, दुई पक्राउ

  • साउन ४, २०७७ | ६६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा अपहरणपछि एक किशोरको हत्या भएको छ । लहान नगरपालिका १ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो ।

लकडाउनकै अवधिमा लागु औषध मुद्दामा पक्राउ परेका रोशन भर्खरै केहीदिन अघि थुनाबाट छुटेका थिए । १० हजार रुपैँया धरौटी राखेर छुटेका उनी थुनामै रहेकाबेला प्रहरी हिरासतभित्रै मिर्चैया नगरपालिका १ का मुकेश कटुवालसँग एकहजार रुपैया सापटी लिएको बताइएको छ ।

रोशनका परिवारजनका अनुसार थुनाबाट निस्केपछि मुकेश पटक पटक पैसा माग्न रोशनको घरमा आउने गर्थे । तर पैसा नभएको भन्दै रोशनले केही दिनपछि कमाएर पैसा दिने मुकेशलाई पैसा दिने बताउँदै आएका थिए ।
मुकेशले पटकपटक घरमा पुगेर रोशनलाई ज्यान मार्ने धम्की दिँदै आएको रोशनका बुवा सिपैत मोचीको आरोप छ ।

मुकेशले नै छोराको हत्या गरेको उनले दावी गरे । उनका अनुसार मुकेशले रोशनलाई अषाढ २७ गते घरबाट बाईकमा चढाएर ससुराली जाउँ भनेर लगेका थिए।

उनी सोही दिनदेखि बेपत्ता भएको बताइएको छ । उनको लाश मिर्चैयाको बतहाखोला नजिक बेबारिसे अवस्थामा प्रहरीले फेला पारेका थिए । हत्या आरोपमा मिर्चैया १ का मुकेश कटुवाल र जयकुमार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब