जिल्ला अधिकारी प्रदीपराज कडेंलको पहलमा सिरहा सदरमुकाममा सरसफाई कार्यक्रम

  • साउन ८, २०७७ | ५३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । दिनहुँ सकड दुर्घटना भईरहने सिरहा सदरमुकामको मुल सडकमा जिल्ला अधिकारी प्रदीपराज कडेंलको पहलमा आज सरसफाई गरिएको छ । 

सिरहा नगरपालिकाका बजारको मुल सडक ढल निकाष नभएको कारण ठाउँ- ठाउँमा जिर्न अवस्था रहेको छ । वर्षेपिछे पटक- पटक गुणस्तरीय हिन मर्मता भई सरकारमा बजेट खर्च हुने उक्त सडक दुर्घटनाका मुल कारण बनेको छ । सडक अवस्था बारे संसद देखि नगरपालिकालाई नगरवासीले जानकारी गराएपनि सडक संरचना सुधार गर्न कसैले ध्यान नदिईएको स्थानियवासी सिताराम ठाकुरले बताए ।

सडक दुर्घटना कम  गर्न र फोहरबाट हुन सकिने महामरीलाई ध्यानमा राखि जिल्ला अधिकारीको पहिलो प्राथमिकतामा सिरहा सदरमुकाम सरसफाई कार्यक्रमको अगुवाई प्रति नगरिक समाज खुशी भएका छन । सकड संचरना सुधार तथा बजार सरसफाईका लागि हामी जिल्ला अधिकारी ज्यूलाई साथ दिने प्रतिवद्धता पनि जाहिर गरिहेका छन ।

सडक पेटी सरसफाई कार्यक्रम आज मात्र नभई वितगमा धेरै सरसफाई अभियानताहरुले पनि नगरेको होइन् । यहाँका बाजरवासीले पनि सहयोग गरेको थियो । तर बजार क्षेत्र संगुरो , ढल निकाष , सडक संरचना जिर्नका कारण अवस्था सुधार हुन सकिरहेको छैन । नगरपालिकाले पनि प्रत्येक दिन सरसफई गरिरहेको छ । तर पनि सडक अवस्था सुधार किन नभइरहेको प्रति पनि जनता प्रश्न उठाई रहेका छन । 

सिरहा सदरमुकामको अवस्थालाई सुधारका लागि सकारात्मक पहलमा सबैको सहयोग हुनु पर्छ । सरसफाई एक दिन होइन् निरन्तर रुपमा चलिरहनु पर्छ । सरसफाईको दिर्घकालिन सामाधान पनि सरोकारवालाहरुले खोजि गरी बजार व्यवस्थित बनाउन तिर पनि ध्यान दिनु सदरमुकामको आवश्यकता रहेको छ ।

सरसफाई कार्यक्रममा सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादब , जिल्ला समन्वय समिति सभापति रामचन्द्र ठाकुर, नेपाली सेना, शस्सत्र प्रहरी , नेपाल प्रहरी लगायत नगरवासीहरुका सहयोगमा गरिएको थियो ।

115733328_2967022370191417_3160198096155314924_n

109681953_315551166156134_1719186548493714673_n

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब