आज साँझदेखि प्रदेश २ मा मेघगर्जनसहित वर्षाको सम्भावना

  • साउन २०, २०७७ | ७१५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मौसमविदले मंझलवार साँझदेखि वर्षाको सम्भावना औँल्याएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर अपराह्नदेखि नेपालमा पर्ने भएकाले रातिदेखि वर्षा हुने क्रम अलि बढ्ने सम्भावना देखिएको हो।

अपराह्नपछि बदली भई प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले बताईन् ।
उनका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा मौसम आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम अहिले समान्यता सफा छ।

यसैगरी राति पनि प्रदेश ५, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत समभवना रहेको महााशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

बिहान ६ बजे महाशाखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ ।

‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थेरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब