देवदह क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्मदाह

  • साउन २०, २०७७ | २१९ पटक पढिएको | सीमा संदेश
alt

बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह-५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

आगोले जलेर गम्भीर घाइते भएका बस्याललाई देवदह मेडिकल कलेजमा दुई घण्टा उपचार पश्चात पाल्पा मिसन अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था जटिल देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएको थियो ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको डीएसपी राठौरले बताए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब