सरकारी पैसा व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

  • साउन २३, २०७७ | ३१७ पटक पढिएको | सीमा संदेश
alt

सुर्खेत । सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका एक लेखापालसहित चार जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ गरेका हुन ।

गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि लेखापाल केसीसहित उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेनलाई पक्राउ गरिएको रुकुमका डीएसपी ठकबहादुर केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।

‘उनिहरु राति ९ बजे सम्मा कार्यालयमै कागजात मिलाउँदै गरेकोे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।’ डीएसपी केसीले भने,‘सीडीओ सावको निर्देशनमा हामीले नियन्त्रणमा लिएर प्रशासनको जिम्मा लगाएका छौं ।’

प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत आर्थिक वर्ष २०७६/७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।

विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको सरकारी रकम उनीहरुले फेरि गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

अहिले जिल्ला प्रशासन कार्यालयले छानविन थालेको प्रजिअ पौडेलले बताए । ‘कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ,’ प्रजिअ पौडेलले भने, ‘कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भटिनुले कुनै रहस्य लक्षित गर्छ । अनुसन्धान भइरहेको छ ।’

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब