गाँजा बोकेको ट्याक्टर सहित दुई पक्राउ

  • कार्तिक ३, २०७७ | ७२७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा प्रहरीले ठूलो परीमाणमा प्रतिवन्धित लागुऔषध गाँजा, गाँजा बोकेको ट्याक्टर सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले चेक जाँचको क्रममा मिर्चैया नपा १ मनहर्वाबाट आईतबार मध्येराती एक सय केजी प्रतिवन्धित लागुऔषध गाँजा, गाँजा बोकेको ना. ५ त १४ नम्वरको ट्याक्टर सहित चालक र सहचालक स्थानीय १९ वर्षिय सुन्दर कापर र २६ वर्षिय जितेन्द्र कामपरलाई नियन्त्रणमा लिएको हो ।

दशैं तिहार विशेष सुरक्षा योजना अनुसार एम्वुस डिउटीमा रहेका प्रहरीले भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गईरहेको ट्याक्टर चेकजाँच गर्ने क्रममा ठूलो ५ र सानो २ वटा प्लाष्टिकको पोकामा रहेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् डिएसपी शालिग्राम पौडेलले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट २६ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ । अहिलेसम्मको अनुसनधानबाट उनीहरुले आफै चुरेक्षेत्रबाट गाँजा खरिद गरेर ल्याएको बुझिएको जिल्ला प्रहरी कार्यालय सिरहालेजनाएको छ । 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब