सडक विभागको लपरवाही : सिरहा बजारको मुल सडकमा सवारी दुर्घटनाको उच्च जोखिम

  • जेठ २९, २०७८ | ९१७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा बजारको मुल सडक निर्माणमाका लागि सडक खनेर छोडदाँ सवारी दुर्घटना प्रत्येक दिन भईरहेको छ । वर्षा सुरु भएसँगै सदरमुकामको मुल सडकमा पानी जमने भएकोले ठुलो दुर्घटना हुने सम्भावना बढेको छ ।

बाजर क्षेत्रमा दुई लेको सडक भएकोले एकले आर.सि.सि. ढलानका लागि खनिएको र अर्को लेन पनि जिर्न अवस्थामा रहेकोले पैदल यात्रीहरुलाई आवत जावत गर्न समस्या भईरहेको मोटरस वार्टको व्यवारी राज कमल गुप्ताले बताउनु भयो । दुई महिना देखि सडक खनेर निर्माण कार्य सुरु गरेको ठेकेदारले हालसम्म माटो मिलाउन नसक्दाँ पसल सम्म जान पनि समस्या भईरहेको गुप्ताले बताए ।

नगरपालिकाको बजार क्षेत्रका मुल सडक निर्माण कार्य अलपत्र भएको भन्दै नगरपालिकामा बजारवासीले पटक- पटक गुनासो गरिरहेका छन् । तर सडक विभागको सडक भएकोले जनताका गुनासा सामाधान गर्न समस्या भईरहेको नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो । निर्माण कार्यलाई गति दिन पटक- पटक सडक विभागलाई जानकारी गराएपनि के कारणले ढिला भईरहेको छ भने कुरा स्पष्ट गर्न सकेका छैन् । यदि यस्तै अवस्था रहे वर्षातमा सिरहा बजार भित्र आवत- जावत गर्न गाडी तथा पैदल यात्रीलाई पनि समस्या हुने छ । बेलैमा सडक विभागले ध्यान नदिईए ठुलो सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई रोक्न विभिन्न सरोकारवालाहरुको पनि ध्यान आकर्षण गराउन चाहेको यादबले बताउनु भयो ।

सडक विभागको ५६ लाखको ठेक्का स्वीकृतीमा कुसुवाहा कन्ट्रकशन बर्दिवासले सडक निर्माण कार्य गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको गेट देखि जिल्ला समन्वय समितिको मुल गेट सम्म जम्म ३ सय ५० मिटर आर.सि.सि.ढलान गर्ने योजना रहेको छ । ८ ईन्च मोटो, ६.५ फिटर चौडाई आर सि.सि. ढलान गर्नु पर्ने सडक निर्माण कार्यमा खटिएको एक सुपरभाईजरले बताउनु भयो ।

विकास निर्माण कार्य पारर्दशिताका लागि पटक- पटक जिल्लाका स्थानीय तह र विभिन्न सरोकारवालाहरुलाई निर्देशन दिने जिल्ला प्रशासन कार्यालय सिरहाले आफ्नै गेट अगाडी निर्माण कार्य भईरहेको योजनाका वाडापत्र सर्वजनिक नगरी कार्य गरिरहदाँ पारर्दशिताका लागि किन चासो नलिएको भन्दै जनताले गुनासो गरिरहेका छन् ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब