नगरमै नेपाली नागरिकता पाँचसय जनाले पाएपछि नगरवासीमा खुशी

  • असोज ३, २०७८ | ५८३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३ असोज । सिरहाको धनगढीमाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको एक दिने नेपाली नागरिक्ता प्रमाणपत्र वितरण शिविरमा करिव पाँच सय जनाले नागरिक्ता पाएका छन् । नगरको प्रशासनिक भवनमा आयोजित असक्त, अपाङ्ग तथा विपन्न समूदायलाई नागरिकता वितरण कार्यक्रममा ४ सय ८६ जनाले नागरिकता पाएका पाएका हुन् ।

सो क्रममा दुई सय ८५ महिला र दुई सय एक जना पुरुषहरुले नागरिकता लिएका छन् । वितरित नागरिकतामा दलित एवम् विपन्नहरुको संख्या अधिक रहेको जनाइएको छ । नागरिकता वितरण गर्नुहुँदै नगरप्रमुख हरिनारायण चौधरीले अझै विविध कारणले नागरिकता लिन छुटेका नगरवासीलाई नगरपालिकाकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय सिरहा गई नागरिकता बनाउन अधिकतम सहयोग गरिने प्रतिवद्धता जनाए ।

एक दिने कार्यक्रमलाई फलदायी रुपमा सहज एवम् शान्तिपूर्ण ढंगलबाट नागरिकता वितरण कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने जिल्ला प्रशासन कार्यालय, सिरहालाई अभार प्रकट गर्दै नगरप्रमुख चौधरीले नगरपालिका सम्पूर्ण जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

क्षेत्रफलको हिसावले धनगढीमाई नगरपालिका जिल्लाको दोस्रो ठूलो नगरपालिका हो । चौध वटा वडा रहेको नगरपालिकाको नगरवासीहरुले नागरिकता लिन ३० किलोमिटर भन्दा बढीको दुरी पार गरेर जिल्ला सरमुकाम पुग्नुर्ने वाध्यता रहँदै आएको छ । लामो दुरीका कारण अधिकांश विपन्न, अशक्तहरुले नागरिकता लिन सकिरहेका थिएनन् ।

विना झन्झट नागरिकता नगरमै पाएपछि नगरवासीमा खुशी भएका छन् ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब