राजस्व छल्न कर्मचारी र वडाअध्यक्षको मिलेमत्तोमा घर–बाटो नभएको सिफारिस

  • असोज ६, २०७८ | ८५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ६ असोज । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको र वस्ति भएको जमिन जग्गा धनी र वार्डा अध्यक्ष र मालपोल कार्यालयको मिलेमत्तोमा घर–बाटो नभएको सिफारिस गरेको रहस्य खुलेको छ । वसोमास गर्दै आएकामध्ये दुईजना बाहेकको नाममा जग्गा पास भएपछि उनीहरुले खोजलास गर्नेक्रममा राजमार्गसँगै जोडिएको सिरहाको कर्जन्हा नपा ११ साविक कर्जन्हा गाविस -५ क, कित्ता नम्वर ६ सय ११ को ४ कठ्ठा पौने १२ धुर र कित्ता नम्वर ६ सय १२ को पौने २ धुर जग्गामा घरबाटो नभएको सिफारिसको आधारमा जमिन पास भएको रहस्य खुलेको हो ।

४० वर्ष भन्दा लामो समयदेखि बस्ति रहेको स्थानीयले बताए । त्यहाँ शुभाषचन्द्र महतो, रामचन्द्र महतो, हरिशंकर महतो, प्रेम सिंह, रामकुमार महतो, सरयुग महतो, सत्यनारायण महतो, हरिनारायण महतो सहित ११ घरपरिवारको वस्ति रहेको छ । त्यसमध्ये हरिशंकर र रामचन्द्र महतो वाहेक ९ जनाको नाममा जग्गा पास भएको थाहापाएर खोज्दै जाँदा वडा अध्यक्ष, जग्गाधनी, लेखन्दास र मालपोत कार्यालयको मिलेमत्तोमा घरबाटो नभएको सिफारिस दिएको स्थानीयको आरोप छ ।

बसोवास भएकैमध्ये दुईजनाको घरसहितको जमिन पनि ९ जनाको नाममा पास भएप्छि स्थानीय आक्रोसित बनेका छन् । जमिनको चलनचल्तिको मूल्य प्रति कठ्ठा ५० लाखभन्दा बढी पर्छ । त्यको आधारमा जमिनको मूल्य २ करोड भन्दा बढी मूल्य हुन आउँछ । तर, उनीहरुले जम्मा जमिनको मूल्य २ लाख देखाएर ८ हजार ५० रुपैयाँमात्र राजस्व बुझाएको छ ।

यता वडा अध्यक्ष कविल यादवले आफूलाई छल गरेर जमिनबालाले सिफारिस लिएको बताए । उनले भने, ‘म पनि नयाँ नयाँ थिएँ, सिफारिस लिन आएका बेला मैले कहाँको जमितहो भनि सोधेको थिएँ,चौरीको खेत हो भने, मैले त्यसैअनुसार सिफासिर दिएको हुँ ।’

लेखापढिका सवैकाम गरेका राजकुमार महतो लेखापढि व्यसायी समेत हुन् । उनले नै जमिन पास गराउँदा आवश्यक पर्ने सम्पूर्ण कागजातहरु तयार पारेका थिए । संयुक्त रुपमा पास भएको जमिनको पुर्जामा उनकी श्रीमती अनिता कुमारी सिंहको फोटो र नाम पनि छ । उनैले जानी जानी मलाई फसाएको अध्यक्ष यादवले भने ।

जमिन २०७६ चैत्र ३ गते मसनी देवी भुजलेको नाममाबाट दुर्गादेवि भुझलेल, अनिता कुमारी महतो, सविता कुमारी सिंह, ज्ञानकी कुमारी सिंह, सोमनी कुमारी, अनिता कुमारी सिंह, फूलमतिया महतो, गुलाव कुमारी देवी र रितादेवी लहेरीको नाममा संयुक्त रुपमा पास भएको छ ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब