आज विश्व हात धुने दिवस मनाइँदै

  • असोज २९, २०७८ | ५६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ । नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् ।

कोरोना भाइरसको  महामारीको अहिलेको अवस्थामा साबुनपानीले हात धुनु अझ धेरै  सान्दर्भिक देखिएको छ ।  विश्वभर झण्डै ४० प्रतिशत मानिसमा हात धुने आधारभूत सुविधाबाट समेत वञ्चित रहेको अध्ययनहरुले देखाएका छन् ।

साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुबाट लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरुले देखाएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै स्वच्छ र स्वस्थ  जीवनका कामना गर्नुभएको छ । आफ्ना हातका औँलाहरु सफा राख्नु अत्यन्तै महत्त्वपूर्ण कार्य भएको भन्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस समेतको सङ्क्रमणबाटसमेत  बच्नका लागि प्राथमिक उपाय मध्ये हातको सरसफाइ पनि एक भएकाले साबुन पानीले मिचिमिची हात धुन आग्रह गर्नुभएको छ । 

 

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब