झोलुङ्गे पुल निर्माणका लागि पहल गरिने : मन्त्री यादव

  • कार्तिक २९, २०७८ | ७९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,२९ कार्तिक । प्रदेश नं.२ का भौतिक तथा पूर्वाधार विकास मन्त्री राम सरोज यादवले सारश्वर घाटको कमला 
 नदिमा झोलुङ्गे पुल निर्माण गर्न प्रभावकारी पहल गर्ने बताए । सिरहाको सारश्वरमा लाग्ने ३५ औं झण्डा मेला उद्घाटन गर्दै त्यस्तो कुरा बताएका हुन् । 

सिरहा र धनुषा जोड्ने कमला नदिमा झोलुङ्गे पुल नहुँदा दुबैतिरका सर्वसाधारणलाई आवत जावत गर्न कठिनाई भइरहेको कुरालाई ध्यानमा राख्दै पुल निर्माणको लागि प्रभावकारी पहल गर्ने उनले जनाए । कमला नदि छेउमा रहेका बासिन्दाहरुलाई बर्षातको मौसममा धेरै पिडा सहनु परेको बताउँदै उनले भने,‘झोलुङ्गे पुल निर्माण सम्पन्न भएर त्यस्ता समस्याहरुको न्यूनीकरण हुने छन् ।’

झोलुङ्गे पुल निर्माणसँग हुलाकी राजमार्गमा पर्ने निर्माणाधिन कमला नदिको पुलनिर्माणका लागि पहल गर्न मन्त्रीमा र्फत प्रदेश सरकारलाई नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले बताए । सुचारु नहुँदै निर्माणाधिन पुल भत्केको भन्दै अर्को स्थानमा हुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने गरी पुल निर्माणका लागि प्रभावकारी पहल गर्न उनले प्रदेश सरकारसँग आग्रह गरे । 

जय हनुमान सेवा समितिका अध्यक्ष जीवछ गुप्ताको अध्यक्षतामा भएको ३५ औं झण्डा मेला उद्घाटन समारोहमा नेपाली काँग्रेसका नेता उपेन्द्र यादव, समितिका सचिव विनोद चौधरी, सिरहा नगरपालिका वडा नं.१२ का वडाध्यक्ष सत्रुधन साह लगायतले झण्डा मेलाको महत्वबारे आआफ्नो विचार व्यक्त गरेका थिए ।

 कार्तिक २९ बाट सुरु भएर झण्डा मेला मंसिर ३ मा समापन हुने मेला आयोजक कमिटिका अध्यक्ष भोगेन्द्र साहले बताए । मेला राष्ट्रिय रोमा न्यौपाने, रुद्रसेन वि.क.सहित विभिन्न कलाकर्मीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुती, लोकगाथाका मैथिलि नाच आल्हा रुदल, ग्रामिण मौलिकताका धरोहर कुस्ती प्रतियोगीता, झरनी खेल लगायतका अन्य कार्यक्रमहरु आयोजना गरिएको उनले बताए । 

उनका अनुसार मेला सम्पन्न गर्न ५ देखि ७ लाख सम्म खर्च हुने छन् । गाउँघरका स्थानीय बासिन्दा तथा अन्य व्यक्तिबाट सहयोग मागेर खर्चको बन्दोवस्ती गरिएको उनले थपे ।  

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब