पाँच महिनामा करिब १८ हजार सवारीसाधन कारबाहीमा

  • पुस ९, २०७८ | ७२९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जिल्ला ट्राफिक कार्यालय सिराहाले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारीसाधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, सिराहा, माडर, सुखीपुर, बरियारपट्टिलगायतका ठाउँहरूमा चेकजाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

कार्यालयका अनुसार कारबाहीअन्तर्गत चालू आ.व.को साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड ३१ लाख ६४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दानबहादुर म्रिङ्चिङले बढ्दो सवारी दुर्घटना र मानवीय क्षतिलाई कम गर्न ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण अभियानसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए। म्रिङ्चिङका अनुसार अभियानसँगै पूर्व–पश्चिम र सहायक तथा भित्री सडकहरूमा हुने सवारी दुर्घनामा कमी आएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सहर बजार क्षेत्रमा पैदलयात्रुका लागि सडकमा जेब्रा क्रस निर्माण, छाडा चौपाया नियन्त्रणसहित विद्यालय क्याम्पसमा विद्यार्थी तथा बटुवालाई लक्षित गरी समयसमयमा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको उनले बताए। 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब