२३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिने

  • चैत २२, २०७८ | ५७८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीअनुसार कुल मतदाता संख्यामध्ये महिला मतदाता ८७ लाख ४१ हजार ५ सय ३०, पुरुष मतदाता ८९ लाख ९२ हजार १० र र १ सय ८३ अन्य मतदाता रहेका छन् । प्रवक्ता पौडेलका अनुसार डोल्पाको सबैभन्दा कम अर्थात् १६ लहरका मतपत्र र काठमाडौंको सबैभन्दा बढी ५६ लहरका मतपत्र हुनेछ ।

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिनेछन् भने आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।

त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएको जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगले दर्ता भएका सबै दललाई स्थानीय तहको निर्वाचन आचारसंहितामा प्रतिबद्धता जनाउन मंगलबार आयोगमा बोलाएको छ । गत चैतमा निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ । प्रतिबद्धतापछि आयोगले केही दिनमै आचारसंहिता लागु गर्ने बताएको छ ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब