सिरहाका १७ पालिकामा मेयर/उपमेयर पदका १० जनाले लिए उम्मेद्वारी फिर्ता

  • वैशाख १७, २०७९ | ८४५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ वैशाख। यहि वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका ६ जना मेयर/अध्यक्ष र ४ जना उपमेयर/उपाध्यक्ष सहित १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट गोलबजार नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका धर्मनाथ महतो र उपाध्यक्षका उम्मेद्वार गोमा लम्सालले मनोयन फिर्ता लिएका छन्। उनीहरुले स्थानीयस्तरमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग गर्ने भएको छ।

जनता समाजवादीबाट धनगढीमाई नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका विनोद चौधरी, औरही गापामा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका सुकदेव यादव र जसपाबाट उम्मेद्वारी दिएका रामविलास यादवले पनि उम्मेद्वारी फिर्ता लिएका छन्। भगवानपुर गापाबाट अध्यक्ष पदका उम्मेद्वार रामकुमार यादव र कुन्ति कुमारी यादवले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वारी दिएकी पुनम मोची, लोसपाबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिएकी गुरीया कुमारी, सुखिपुर नपामा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेद्वार बनेकी सुनिता कुमारी यादवले पनि आफ्नो मनोनय फिर्ता लिएकी छिन्।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब