वडाध्यक्ष उम्मेदवारको बुवामाथि आक्रमण, जसपा कार्यकर्तामाथि आरोप

  • वैशाख २२, २०७९ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा एक उम्मेदवारका बुवामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।

कमला नगरपालिका १ का नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको हो । उनको टाउँकोमा हति- यार प्रहार गरिएको छ ।

घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा रहेका व्यक्तिहरु हति-यार प्रहार गरी गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।

आक्रमणमा संलग्न व्यक्तिहरु जसपाको रहेको उनको आरोप छ । उनले घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले अपरिचित व्यक्तिहरुले यादवलाई कुट- पिट गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब