वडाध्यक्षमाथि महिला सदस्यद्वारा चप्पल प्रहार

  • जेठ २०, २०७९ | ५५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, जेठ २० गते । सप्तरीमा एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्षमाथि चप्पल प्रहार गरेकी छन् ।

कार्यपालिकाको निर्वाचनको क्रममा सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर २ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् ।

वडाध्यक्ष झा नेपाली काँग्रेसबाट निर्वाचित छन् भने वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित छन् ।

बिहीबार बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको तोकिएको निर्वाचनमा नेपाली कांग्रेस र जनमत पार्टीले गठबन्धन गरेको थियो ।

मतदान सम्पन्न भए पश्चात मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कासी चप्पलले आक्रमण गरेकी थिइन् । सो घटना पश्चात अवस्था तनावग्रस्त बनेको गाउँपालिका अध्यक्ष खेमचन्द यादवले बताए ।

चप्पल प्रहार गर्ने वडा सदस्यलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि स्थिति सहज भएको थियो ।ु

बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले आफूमाथि बिनाकारण वडा सदस्य गुप्ताले आक्रमण गर्दै दुर्व्यवहार गरेको बताए ।

इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक बालेष्टर सिंहले आरोपित वडा सदस्य गुप्तालाई बिहीबार नै नियन्त्रणमा लिएको बताए ।

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

हुलाकी सडकका २४ पुल बने, ३७ अझै बाँकी

मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब