उम्मेदवारले सम्पत्ति र शैक्षिक योग्यतासहित आयोगमा बुझाउनुपर्ने

  • भदौ ७, २०७९ | ४६७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्नेले निर्वाचन आयोगमा व्यक्तिगत विवरण बुझाउनुपर्ने भएको छ ।

यसअघि व्यक्तिगत विवरण मात्रै बुझाउनुपर्ने भए पनि आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले सार्वजनिक जीवनमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धी पनि उल्लेख गर्नुपर्ने भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले उम्मेदवारले मनोनयनपत्रसँगै बुझाउनुपर्ने जानकारीको सूची राखेको छ । आचारसहितामा शिलबन्दी रूपमा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ । त्यसरी पेस गरिएको विवरणलाई मतपरिणाम सार्वजनिक नभएसम्म आयोगले गोप्य रूपमा राख्ने उल्लेख छ ।

मतपरिणाम सार्वजनिक भएपछि निर्वाचित उम्मेदवारको सम्पत्ति विवरण भने आयोगले सार्वजनिक गर्ने आचारसंहितामा छ । निर्वाचित नहुने उम्मेदवारको सम्पत्ति विवरण भने मागेमा फिर्ता दिनेछ । फिर्ता माग नभएमा भने आयोगले त्यसलाई नष्ट गर्ने ९धुल्याउने० कानुनी व्यवस्था गरेको छ ।

सम्पत्ति विवरणसँगै उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण बुझाउनुपर्ने आचारसंहिताको व्यवस्था छ । ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष उम्मेदवार) निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव, सार्वजनिक जीवनमा हासिल गरेका महत्वपूर्ण उपलब्ध तथा पुर्‍याएको महत्वपूर्ण योगदानसमेत उल्लेख भएको आयोगले तोके बमोजिमको वैयक्तिक विवरण फाराम समेत पेस गर्नुपर्नेछ ।’ त्यसरी पेस भएको विवरण उम्मेदवारी दर्तापछि आयोगले वेबसाइटमा प्रकाशन गर्ने भनेको छ ।

आयोगले आचारसंहिताका यी विषयमा राजनीतिक दलका प्रतिनिधिसँग सोमबार छलफल गरेर सुझाव संकलन गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका प्रतिनिधिहरूबाट आचारसंहिताका अधिकांश बुँदामा मिश्रित सुझाव प्राप्त भएको बताए ।

‘आचारसंहितामाथि राजनीतिक दलका प्रतिनिधिबाट रायसुझाव मागिएको छ । विभिन्न बुँदामा विभिन्न मिश्रित सुझाव आएका छन् । अबको केही दिनमा ती सुझावसहित आचारसंहितालाई अन्तिम रुप दिई सार्वजनिक गरिनेछ,’ उनले भने ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब