फेसबुक पेज र ग्रुप हटाउन आयोगको निर्देशन, नहटाए कारबाही

  • कार्तिक ८, २०७९ | ३६९ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने केही फेसबुक पेज तथा ग्रुप हटाउन निर्देशन दिएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो, नट अगेन, नो नट अगेन र नो. नट अगेन नामका  फेसबुक पेज र ग्रुपहरुबाट निर्वाचन सम्बन्धी भ्रामक श्रव्यदृश्य सामग्री प्रकाशन भएको पाइएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र  निर्वाचन (कसूर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा  ती पेज तथा ग्रुपहरू तत्काल हटाउन आयोगले भनेको छ। साथै, उक्त फेसबुक पेज ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने आयोगले स्पष्ट गरेको छ ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब