आज सातवटै प्रदेशमा पानी पर्ने

  • भदौ ९, २०८० | ३६४ पटक पढिएको | सीमा संदेश
alt

जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । अहिले कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब