तराईमा तातो हावाको लहर अझै केही दिन चल्ने : आज पहाडी केहि ठाउँको मौसम बदली

  • जेठ ५, २०८१ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ । तराईमा गर्मी बढ्दो क्रममै छ । मुख्य गरी लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका धेरैजसो ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ । धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियभन्दा माथी पुगेको छ ।

वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा फेरी गर्मी बढेको हो । गर्मी बढेसँगै तराई मधेशको जनजीवन कष्टकर बनेको छ । उखरमाउलो गर्मीका कारण घर बाहिर निस्कनै समस्या भएको स्थानीयबासिन्दाले बताएका छन् ।

गर्मीका कारण ज्वरो, झाडापखाला लगायतका समस्यासँगै पछिल्लो समयमा दमका बिरामीसमेत बढेका नेपालगञ्ज भेरी अस्पतालका डाक्टर संकेतकुमार रिसाल बताउनुहुन्छ । गर्मीका कारण शरिरमा पानी कमी भएर रिँगटा लाग्ने र मुर्छा परियलाजस्तो हुने, मुटुको ढुकढुकी बढ्ने, शरिरले छालाबाट ताप फाल्दा रातो डाम देखापर्ने, पसिना धेरै आउने, रगतको प्रवाह बढ्दा कुर्कुचा सुन्निने जस्ता लक्षणहरु देखा पर्छन् । गर्मीले शरिरलाई हानी गर्ने भएकोले सावधानी अपनाउनुपर्ने डाक्टर रिसालको सुझाव छ ।

आज देशका पहाडी केहि क्षेत्रको मौसम बदली छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब