५९ लाख नेपाली वैदेशिक रोजगारीमा

  • जेठ १४, २०८१ | ३३९ पटक पढिएको | सीमा संदेश
alt

रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन् । यसमध्ये पुरुष ८६ दशमलव ४ प्रतिशत र महिला १३ दशमलव ६ प्रतिशत रहेका छन् । आर्थिक सर्वेक्षणअनुसार गएको फागुनसम्म वैदेशिक  रोजगारीका लागि ईपीएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् ।

कतार, मलेसिया, साउदी अरब, यूएई र कुवेतमा नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्यको रुपमा रहेको छ । पछिल्लो अवधिमा यूएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अनिवार्य रूपमा नेपाल सरकारबाट श्रम स्वीकृत लिनुपर्ने प्रावधान छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म तीन लाख ७३ हजार तीन सय सातजना नेपाली नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । थप दुई लाख ३६ हजार तीन सय ९८ जना नेपाली भने श्रम स्वीकृत नवीकरण गरेर वैदेशिक रोजगारीमा गएका हुन् ।

यो वर्ष साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ र मंसिरमा ६८ हजार दुई सय एकजना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार नौ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब