ओलीप्रति बालेनको छुद्र टिप्पणी: काठमाडौंको खोला छेउमा २ हजार बसेका छन्, गिरिबन्धुमा लगेर १५ हजारलाई व्यवस्थापन गरौं

  • असार २३, २०८१ | ५३३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै काठमाडाैंमा खोला बस्तीमा नपसेको बस्ती खोलामा बसेका बताउँदै यसरी खोला छेकेर बसेका १५ हजारलाई गिरीबन्धुमा व्यवस्थापन गर्न सकिने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले बर्षाका कारण काठमाडौँमा खोला छेउमा बसेका दुई हजार परिवार प्रभावित भएको भन्दै गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुनसक्ने भन्दै व्यङ्य गरेका छन् ।

‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुनसक्छ’ उनले लेखेका छन् ।

बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाएको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

बालेनले यसअघि पनि ओलीबारे यस्तै छुद्र टिप्पणी गरेका थिए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब