मधेशमा दुर्घटनाबाट ५ सयभन्दा बढीको मृत्यु

  • साउन १६, २०८१ | ४४७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा दुर्घटनामा परी वर्षेनी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । वितेको वर्ष मधेश प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ सय ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीले जनाए अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ५८ वटा सवारी दुर्घटना हुँदा ५३० जनाको मृत्यु हुँदा २ हजार २४९ जना गम्भीर घाइते भएका छन् । त्यस्तै सोही दुर्घटनामा परेर ७ हजार ४९६ जना साधारण घाइते भएको उनले जानकारी दिए ।

प्रवक्ता कार्कीले बताए अनुसार गत आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको हो। गत वर्ष ८ हजार ५२ ९ वटा सवारीको दुर्घटना हुँदा सबैभन्दा बढी मोटरसाइकलको दुर्घटना भएको हो। गत वर्ष ५ हजार ९२६ वटा मोटरसाइकल दुर्घटनामा परेको छ । त्यस्तै ट्रक टेकंर २०२, टिपर ५१, डोजर, लोडर, स्काभेटर १२, बस १८५, माइक्रो ५१, जीप, कार ५८२, ट्याक्टर ३०२, टेम्पो ४६७, शा.स.चल्ने ७१४ र अन्य ३७ वटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ९८८ वटा सवारी दुर्घटना हुँदा ५४६ जनाले आफ्नो ज्यान गुमाएका थिए।

यस्तै, सो दुर्घटनामा परेर २ हजार २ सय जना गम्भीर घाइते भएका थिए भने ७ हजार ४७२ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको थियो। यस्तै, सो दुर्घटनामा परेर २ हजार ५०९ जना गम्भीर घाइते भएका थिए भने ६ हजार ९५५ जना सामान्य घाइते भएका थिए ।

त्यस्तै, आव २०७७/०७८ मा ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा ५२३ जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा परेर १ हजार ९३० जना गम्भीर घाइते भएका थिए भने ४ हजार ७४ जना सामान्य घाइते भएका थिए । आव २०७६/७७ मा १ हजार ३४० वटा सवारी दुर्घटना हुँदा ४२० जनाको मृत्यु हुँदा ९०५ जना गम्भीर घाइते भएका थिए।

यस्तै, सो दुर्घटनामा परेर ९६२ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । पाँच आर्थिक वर्षमा मधेश प्रदेशमा २३ हजार ८० वटा सवारी दुर्घटना भएकोमा २ हजार ६०४ जनाले आफ्नो ज्यान गुमाउँदा ९ हजार ७९३ जना गम्भीर घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कार्कीले बताए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब