मालपोत कार्यालयबाट जग्गा गायब

  • भदौ २०, २०८१ | ३३४ पटक पढिएको | सीमा संदेश
alt

मालपोत कार्यालय पर्साले एकजना जग्गाधनीको जग्गा गायब गरिदिएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ७ का सञ्जय जयपुरियाले आफ्नी श्रीमतीको नाममा कायम रहेको जग्गाधनी पुर्जा घरमा नै रहेको तर अड्डामा जग्गा नरहेको आरोप लगाएका छन् । श्रीमती शान्ती कुमारी मारवाडिले २०६७ सालमा वडा नम्बर ७ माईस्थानको कित्ता नम्बर ७७ कोसाढे ६ धुर जग्गा नितेन्द्र प्रसाद साहसंग खरिद गरी भोगचलन गर्दै वीरगञ्ज महानगरपालिकालाई घर जग्गा कर समेत बुझाउँदै आएको जयपुरियाले बताए ।

गत वर्ष जग्गा बैंकमा धितो राखेर ऋण लिने क्रममा रोक्क ागर्न जाँदा जग्गा बिक्री भइसकेको मालपोत कार्यालयले जनाएको जयपुरियाले बताए । ‘एकबर्ष अगाडि घरायसी प्रयोजनको लागि बैंकबाट ऋण लिनु प¥यो भनेर मालपोतमा रोक्का गर्न जाँदा सो जग्गा अरुको नाममा बिक्री भएको कर्मचारीले बताए’ उनले भने, तर हामी मिलाइ हाल्छौँ, तपाईको जग्गा, फर्काइदिन्छाँै भनेर आफूलाई भ्रममा पारियो ’।

‘यो कसरी भयो भन्दै मालपोत कार्यालय, नापी कार्यालय सबै धाउँदाधाउँदै एक बर्ष हुन लाग्यो’ जयपुरियाले भने, कुनै सुनुवाइ छैन, जहाँ जान्छु , त्यहाँ मात्र गरिन्छ, मेरै जग्गा मैले पाउन के गर्नुपर्छ ? मालपोत कार्यालयबाट गल्ती भएको हो, तपाईंको काम हुन्छ, हुन्छ भनेर भोलि आउनु , पर्सी आउनु, अहिले त्यो फाँटको मान्छे आएको छैन भनेर आलटाल गर्दै दुःख दिने गरेको दुःखेसो पोख्दै उनले भने, नापी कार्यालयमा भने ६९ कित्ताको ४ कित्ताकाट गरी ३ जनाको नाममा बिक्री गरिसकेको र ६९ नम्बर कित्ता बदर भइसकेको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब