काठमाडौँबाट १९ जना यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो

  • असोज १८, २०८१ | ५८२ पटक पढिएको | सीमा संदेश
alt

सिन्धुलीको कमलामाईमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

काठमाडौँबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा माइक्रोका चालकसहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए।

‘घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी काफ्लेले भने, ‘बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन्।’

दुर्घटनामा माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए।

माइक्रोमा १९ जना सवार थिए। तीमध्ये चार जना सकुशल छन्। चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। माइक्राे सडकबाट नालीमा खसेकाे प्रहरीले जनाएकाे छ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब