घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी

  • कार्तिक २, २०८१ | ५९६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई प्रहरीले गर्दै गर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे ।

त्यसअघि पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै गर्दा उनले भनेका थिए, ‘जुन हातले यो हस्ताक्षर गरेको छु, त्यही हातले सयौं भ्रष्टाचारीलाई कठघरामा पुर्‍याउने छु ।’

कार्यकर्ताको भिडबाट प्रहरीले रविलाई लगेको थियो । कार्यकर्ताले रविको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारावाजी भयो ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब