मधेशमा तीन महिनामा ७८ जनाको डुबेर मृत्यु

  • कार्तिक ५, २०८१ | ४१२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा चालू आर्थिक वर्ष ०८१/८२ को तीन महिनाको अवधिमा ७८ जनाको डुबेर मृत्यु भएको छ। आठ जिल्ला रहेको मधेश प्रदेशमा चालू आर्थिक वर्षको तीन महिनामा ७८ जनाको डुबेर मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

डुबेर मृत्यु हुनेमा ५८ जना बालबालिका रहेका छन्। पुरुष १४ जना र महिला ६ जना रहेका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुवासचन्द्र बोहराले जानकारी दिए। तीन महिनामा धनुषामा सबैभन्दा बढी १९ जना र बारामा सबैभन्दा कम दुईजनाको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक बोहराले बताए। यस्तै, महोत्तरी र सर्लाहीमा १२–१२ जना, रौतहटमा ११ जना, सप्तरीमा नाैजना, सिराहामा सातजना र पर्सामा ६ जनाको डुबेर मृत्यु भएको उनले बताए।

अघिल्लो वर्ष १८५ जनाको डुबेर मृत्यु
प्रहरी उपरीक्षक बोहराका अनुसार मधेश प्रदेशमा गत आर्थिक वर्ष ०८०/८१ मा १८५ जनाको डुबेर मृत्यु भएको थियो। प्रहरी तथ्यांकअनुसार डुबेर मृत्यु हुनेमा गत वर्ष पनि सबैभन्दा धेरै संख्या बालबालिकाको (१२४ जना) थियो। ४७ पुरुष र १४ महिलाको डुबेर मृत्यु भएको उनले बताए।

सो वर्ष सप्तरीमा ३६ जना, धनुषामा ३१, रौतहटमा ३०, सर्लाहीमा २६ जनाको डुबेर मृत्यु भएको छ। बारामा १७ जना, महोत्तरीमा १६ जना, सिराहामा १५ जना र पर्सामा १४ जनाको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए। मधेश प्रदेशमा पानी जमेका खाल्डा, पोखरी र तलाउलगायतमा डुबेर बर्सेनि दर्जनौँको अकाल मृत्यु हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।

वीरगन्जका श्याम साहले भौतिक संरचनादेखि विभिन्न काममा ठेकेदार र सरकारी निकायकै लापरबाहीका कारण पनि बर्सेनि पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको बताए। ठेकेदारले सडक बनाउने र पोखरी खन्ने नाममा ठाउँठाउँमा माटो खन्ने र खाल्डो नभर्नेलगायत कारण पानीमा डुबेर बालबालिकाको मृत्यु हुने घटना बढेको उनको भनाइ छ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब