सिराहाको मिर्चैयाको मुख्य बजारमा दिउँसै लाखौंको नगद र गरगहना चोरी भएको छ।
इलाका प्रहरी कायार्लय मिर्चैयाबाट केही दुरीमा रहेको टिभिएस शोरूम भित्री गल्लीमा रहेको स्थानीय धरमे कारकको घरमा डेरा गरि बस्ने कृषि विकास बैंक मिर्चैयाको कर्मचारी शत्रुधन कुमार साहको कोठामा चोरी भएको छ।
दिउँसो करिब १ बजे कोठाको मेनगेटको ताला फुटाएर भित्र प्रवेश गरि दराजमा रहेको नाँया नोट सहित ४७ हजार नगद र सुनचाँदीको गहनाहरू गरि २ लाख बराबरको चोरी भएको मिर्चैया प्रहरीले पुष्टि गरेको छ।
प्रहरीको अनुसार एक जना चोरले कर्मचारीको जस्तै पोशाक लगाएर घर भित्र पसेको र एउटा केटी बाहिर बसेर हेरिरहेको सिसि क्यामरामा देखिएको बताए ।
चोर पेशेवर देखिए पनि चिनजानकै मान्छेले घटना गराएको अनुमान छ। सिसि क्यामरा फुटेजको माध्यमबाट र अन्य माध्यमबाट पनि घटनाको अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ।
यता घटनाको स्थलगत निरिक्षण गरि प्रहरीले अनुसन्धान शुरू गरेको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved