मधेशको सात स्थानमा उपनिर्वाचन

  • कार्तिक २६, २०८१ | ५३८ पटक पढिएको | सीमा संदेश
alt

आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत मधेश प्रदेशको सप्तरी, धनुषा, महोत्तरी, रौतहटको सात स्थानमा निर्वाचन हुने भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रितमलाल चौधरी निर्वाचित भएका थिए । तर उनको निधनपछि उपनिर्वाचन हुन लागेको छ ।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षको निधनपछि उपनिर्वाचन हुनेछ । गत निर्वाचनमा कांग्रेसका हरिप्रसाद रायले ३३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका १ को वडाअध्यक्ष विश्वनाथ यादवको निधनपछि सो पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस्तै उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा नेकपा माओवादी केन्द्रका मुकेश कुमार यादव ४३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यसै गरि रौतहटको ईशनाथ नगरपालिका व ड ा नम्बर ७ मा एमालेका वडाअध्यक्ष शेख खलीउल्लाह ६८३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस्तै रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यस्तै गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाअध्यक्षको निधनपछि उपनिर्वाचन हनेछ । गत निर्वाचनमा सो वडामा जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब