नाला निर्माण गर्न खनिएका खाल्डोमा डुवेर मृत्यु प्रकरणमा छानविन गर्नसमिति गठन

  • मंसिर १८, २०८१ | ४४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको मिर्चैया नगरपालिका ५ स्थित बजार क्षेत्रमा नाला निर्माणको लागि खनिएको खाल्डोमा आइतबार डुबेर महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

स्थानीय ३६ वर्षीया रोजिनादेवी महतोको मृत्यु घटनाको अनुसन्धानका लागि सोमबार पूर्वाधार कार्यालय, सिरहा प्रमुख रामदेव खड्का, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोबिन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह ररहेको छानबिन समिति गठन भएको हो।

छानबिन समितिले आजको मितिदेखि १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी काम गर्ने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी बताए। 

मिर्चैया नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा डुवेर रोजिनाको मृत्यु भएको थियो।

नगरपालिकाका लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय छानबिन समिति बनाउन माँग गर्दै शव बुझ्न मानेका थिएनन्। उनीहरुले इलाका प्रहरी कार्यालय अगाडी शव राखेर प्रदर्शन गरेका थिए। मृतकका आफन्तका अनुसार नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको बताए।

यता मिर्चैया नगरपालिकाले भने यो योजना संघीय सरकारको भन्दै आफ्नो यसका कुनै दोष नरहेको विज्ञप्ती नै प्रकाशन गरेर चोकिने प्रयास गरेको छ। सहरी विकासले काम गरेकोले आफ्नो त्यसमा कुनै दोष नरहेको नगर प्रमुख श्रवण यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। 

तर, स्थानीय भने जसले काम गरेको भएपनि नगरपालिका त्यसको समन्वय कर्ता, निगरानी कर्ता भएकाले जवाफदेहि हुनुपर्ने बताउँदै आएको छ। 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब