मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गर्न साढे ९ अर्ब लागत अनुमान

  • पुस १२, २०८१ | ६८० पटक पढिएको | सीमा संदेश
alt

मिर्चैया–कटारी–घुर्मी सडक खण्ड स्तरोन्नति तयारी गरिएको छ । सडक विभागले यस सडक खण्ड स्तरोन्नति गर्ने प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारी वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

प्रतिवेदन अनुसार निर्माण सुरु भएको ३० महिनामा काम सक्ने योजना सहित यो आयोजनाको कुल लागत ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको छ ।

मधेश प्रदेशको सिरहा जिल्ला मिर्चैया चोकबाट सुरु भई कोशी प्रदेशको उदयपुर जिल्लाको घुर्मी बजार पुगेर यो सडक खण्ड सकिन्छ ।

यस आयोजना अन्तर्गत मूलरूपमा सडकको चौडाई फराकिलो पार्नेलगायत पुल निर्माण र स्तरोन्नतिको काम गरिने भएको छ ।

प्रतिवेदन अनुसार यस सडकलाई सहरी इलाकामा १३ मिटर चौडाइ बराबर बनाउने तयारी छ । ग्रामीण भेग (पहाड) मा ८.५ मिटर र तराईमा १० मिटर फराकिलो हुने गरी सडक विस्तार गरिने भएको छ ।

आयोजनाभित्र ३ वटा ठूला पुल पर्छन् । ७ साना पुल, २ सय ८९ पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने देखिएको छ । यो सडक स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका वडा नम्बर ६ र ७ तथा कटारी नगरपालिका १, २, ३, ४, ८, ११ र १४ नम्बर वडालाई प्रत्यक्ष लाभ मिल्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

यो सडकले सोलुखुम्बु सल्लेरीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने छ । अहिले दैनक ५ सय ठूला साना सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यही सडकले संखुवासभा, ओखलढुंगा र खोटाङ जिल्ला सदरमुकाम समेत जोड्ने छ ।

यो आयोजना एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने समेत प्रतिवेदनमा उल्लेख छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब