सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घटना दर्ता

  • पुस १७, २०८१ | ४३९ पटक पढिएको | सीमा संदेश
alt

सन् २०२४ मा प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष भएको नेपाल पत्रकार महासंघले जनाएको छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाको तथ्यांक सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना दर्ता भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनननका घटना वृद्धि भएको महासंघले जनाएको हो ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना दर्ता भएको थियो । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुदाँ ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको पाइएको छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाएको थियो ।

समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यहारबाट घटना अत्यन्त निन्दनीय मात्र नभएर लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ ।

सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन नसकेको, लामो सयमदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको महासंघले जनाएको छ । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको भन्दै महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानूनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानून निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको जनाएको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको जनाउदैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरेको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब