मधेशी शक्तिहरुबीच सहकार्यका लागि संवाद तीव्र

  • पुस २०, २०८१ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

देशका प्रमुख राजनीतिक दलहरुबीचको सत्तागठबन्धनले तराई–मधेश केन्द्रित दलहरुबीच सहकार्यका लागि दबाब बढाएको छ ।

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसंगको वार्ता र सम्वादलाई सघन रुपमा अगाडि बढाएको छ । जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसंग वार्ता गरेको छ ।

अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको जनाउँदै जप्रपाका वार्ता टोलीका सदस्य ईश्वरदयाल मिश्रले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरुसंग संवाद भएको जनाएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरसंग पनि वार्ता भएको जनाउँदै मिश्रले भने, अधिकारवादी सबै दलका लागि समस्या एकैनासको रहेकोले सहकार्य गर्नुपर्ने सबैले महसुस गरेका छन् । ‘सबै दलका नेताहरु सहकार्यका लागि सहमत रहेका छन्’ उनले भने, संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरु एक ठाउँमा आउनै पर्ने सबैको साझा धारणा रहेको छ । देशको परिस्थिति निरन्तर जटिलता तर्फ उन्मुख भएको, बिग्रिदो अर्थतन्त्र नैराश्यता बढ्दो रहेकोले आक्रान्त, जनतामा आशावादीको खाँचो भएको उनले बताए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब