मन्त्री र मेयरबीचको द्वन्द्वले शैक्षिक क्षेत्र अन्योल

  • माघ ७, २०८१ | ४२६ पटक पढिएको | सीमा संदेश
alt

संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता र बहुदरमाई नगरपालिकामा मेयर सिंगासन साह तेलीबीचको द्वन्द्वले पर्साको एक स्थानीय तहको शैक्षिक अवस्था नै अन्योलमा परेको छ ।

पदीय शक्तिको द्वन्द्वका कारण पर्साको बहुदरमाई नगरपालिकाका सबै सामुदायिक विद्यालय आइतबार बन्द रहेका छन् । सो नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयमा आइतबार लगाइएको ताल्चाको साँचो पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई बुझाएपछि शैक्षिक क्षेत्रमा अन्योल देखिएको छ ।

सबै विद्यालयका शिक्षक– शिक्षिका तथा कर्मचारीहरु सामूहिक रुपमा जुलुस प्रदर्शन गर्दै विद्यालयमा लगाइएको ताल्चाको साँचो प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाएका थिए । ६ महिना देखि तलबभत्ता नपाएको भन्दै नगरपालिकामा रहेका २० वटा सामुदायिक विद्यालयको साँचो सामूहिक रुपमा प्रजिअ अर्याललाई साँचो बुझाइएको छ ।

शिक्षकहरुले तलबभत्ता नपाए पछि नगरपालिकाका प्रशासनको विरोध स्वरुप आइतबार देखि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको छ । मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाको सरुवाको माग गर्दै अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउन संघीय मामिला तथा प्रशासन मन्त्रालयसंग माग गर्दै आएका छन् । तर मन्त्री गुप्ताले मेयर तेलीको मागलाई बेवास्ता गरेपछि सोको असर शैक्षिक क्षेत्रमा परेको छ ।

सो नगरपालिका मन्त्री गुप्ताको संसदीय निर्वाचन क्षेत्र हो । जसकारण राजनीतिक विवाद चुलिँदै गएको छ । मन्त्री गुप्ता र मेयर तेलीबीचको विवादका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि नै तलबभत्ता पाएका छैनन् । सेवाग्राहीको कामकाजमा प्रत्यक्ष असर परेको छ । मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई आर्थिक कारोबारको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक– शिक्षिकाहरुले ६ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् ।

आइतबार नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्न पनि समस्या परेको भन्दै बाध्य भएर विद्यालयमा ताल्चा लगाइ साँचो प्रजिअ अर्याललाई जिम्मा लगाइएको बताए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब