लहान मालपोत प्रमुख विरुद्ध लेखापढी व्यवसायीको प्रदर्शन

  • वैशाख १७, २०८२ | ३३१ पटक पढिएको | सीमा संदेश
alt

जग्गा लिजमा दिने प्रयासको विरोध लहान मालपोत कार्यालयका प्रमुख डमरु प्रसाद निरौला विरुद्ध लेखापढी व्यवसायीहरुले मंगलवार कार्याल अगाडी नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

लहान–७ स्थित घण्टाघर नजिक निर्माणाधीन नयाँ मालपोत कार्यालय भवनसँगै रहेको ४ कट्ठा ५ धुर सरकारी जग्गा आन्तरिक राजस्व कार्यालय लहानलाई लिजमा दिन लागिएको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।  

लेखापढी व्यवसायी लहानका अध्यक्ष रामनारायण यादवका अनुसार सो जग्गा कार्यालयको कार्य सञ्चालनका लागि अत्यावश्यक भएको र लिजमा दिनु अनुचित भएकाले तुरुन्त खारेज गर्नुपर्ने माग राखिएको छ ।

यसैबीच, लेखापढी व्यवसायीका केन्द्रीय सदस्य दिनेश यादवले प्रमुख निरौलामाथि गम्भीर आरोप लगाउँदै भने, “उहाँ झण्डै चार महिनादेखि कार्यालयमा नियमित बस्नुभएको छैन । हरेक साँझ ५–६ बजे मात्र कार्यालय आइ दिनभर जम्मा भएको कमिशन उठाएर दारू र भारूको पछि लाग्ने गरेको देखिन्छ ।”

विरोधका क्रममा व्यवसायीहरूले निष्पक्ष छानबिन गरी मालपोत प्रमुख निरौलालाई तत्काल हटाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब