सीमावर्ती क्षेत्रमा अपरिचित समूहको संदिग्ध सक्रियता

  • जेठ १, २०८२ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

हिन्दुस्तान– पाकिस्तानबीचको तनाव युद्धविराम भएलगत्तै सीमावर्ती क्षेत्रमा अपरिचितहरुको एक समूह झुण्ड बनाएर बस्न थालेका छन् ।

आफूलाई सिरहाको मुस्लिम हुँ भन्दै नेपाल–भारत सीमावर्ती क्षेत्रमा पाल टांगेर दर्जनौँको संख्यामा बसोबास गर्न थालेका छन् । धनुषा जिल्लाको नगराईन नगरपालिका–५ स्थित गंगुली पश्चिमवारी टोलको ‘आम गाछी’ मा करिब दुई सयको संख्यामा बालबच्चासहित त्रिपालले अस्थायी घर निर्माण गरी डेरा जमाएका छन् । जसले गर्दा आँपको मौसममा ती अपरिचितहरुको समूहलाई देखेर स्थानीयवासीहरु आँप गाछीको हेरचार गर्न छाडेर त्रसित बनेका छन् ।

स्थानीयवासीले जनाएअनुसार ती व्यक्तिहरूको भेषभूषा, अनुहार र बोलीचाली नेपालीजस्तो देखिए पनि एकदमै फरक र अपरिचित खालको रहेको भन्दै डराएका छन् । स्थानीयवासीहरुका अनुसार करिब तीन दिन अघि टिपर र केही मोटरसाइकलमा रातिको समयमा गंगुलीस्थित आम गाछीमा त्रिपाल टांगेर झुण्डमा बस्न थालेपछि रातभर डरले जाग्राम बस्ने स्थिति उत्पन्न भएको छ ।

यति संवेदनशील विषयमा स्थानीय प्रहरी प्रशासन बेखबर रहनु दुर्भाग्यपूर्ण र चिन्ताको विषय रहेको भन्दै स्थानीयवासीको भनाइ छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको सुरक्षामा गम्भीर खालको चुनौती सिर्जना भइरहँदा राज्यका निकायहरूको चासो नदेखिनु गम्भीर समस्याको संकेतसमेत हुन सक्ने स्थानीयवासीको अनुमान छ ।

सुरक्षा निकायले यथाशीघ्र छानबिन गरी यथार्थ सार्वजनिक गर्नुका साथै सीमावर्ती क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा पार्नुपर्ने आवश्यकता देखिएको स्थानीयवासी बताउँछन् । यता स्थानीय फूलगामा प्रहरी चौकी र जटही प्रहरी चौकीको टोलीले सो स्थलमा पुगेर अवलोकन गरेको बताइएको छ । तर उनीहरु को हुन्, कहाँबाट किन आएका हुन् र के योजनाले यतिको दिनसम्म आफ्नो गाउँ ठाउँ छाडेर अन्यत्रै बसोबास गरिरहेका छन् भन्ने प्रश्न अझै पनि टड्कारो रहेको एक स्थानीयले नाम नबताउने सर्तमा बताए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब