‘प्रदेश ब्रान्ड रुख’ घोषणा गर्ने योजना

  • जेठ २७, २०८२ | २५५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले ’प्रदेश ब्रान्ड रुख’ घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मधेश सरकारले कार्यदल बनाएको थियो । आइतबार सो कार्यालयले वन तथा वातावरण मन्त्रालयलमा प्रतिवेदन बुझाएको छ ।

मन्त्रालयले करिब एक महिनाअघि प्रदेशको ब्रान्ड रुख छनोटका लागि वन अधिकृत सुरेश शर्माको संयोजकत्वकमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो समितिले आवश्यक अध्ययन, अनुसन्धान र सरोकारवालाहरूसँग सुझाव संकलन गर्नुका साथै वनविज्ञ, वातावरणविद्, समाजशास्त्री तथा प्रदेशका ८ वटै जिल्लाका वन तथा भू–संरक्षण कार्यालय प्रमुखहरूसँग राय सुझाव संकलन गरेको थियो । संयोजक शर्माका अनुसार प्रदेशमा पाइने पीपल, वर, निम, साल, इमली, सतिसाल, हर्रो, बर्रो, अमला, छतिवन, सिमलसहितका रुखहरूको प्रजाति, धार्मिक/सांस्कृतिक महत्त्व, वातावरणमा पार्ने प्रभाव, भौगोलिक अवस्था, आर्थिक अवस्था तथा बजार भाउ, संरक्षणको अवस्थासहितको विषयमा छलफल भएको थियो ।

सो छलफलमा राखिएका रुखहरूमध्ये पहिलो नम्बरम पिपल, दोस्रोमा वर र तेस्रोमा नीमको रुख रुचाइएको थियो । ‘सोही अनुसार हामीले पीपलको रुख पहिलो नम्बरमा, वरको रुख दोस्रो र नीमको रुख तेस्रो नम्बरमा राखेर प्रतिवेदन वन तथा वातावरणमा बुझाएका छौँ,’ शर्माले भने, ’हामीले सिफारिस गरेका रुखमध्ये कुनै एक रुखलाई प्रदेश सरकारको मन्त्रिपरिषद्ले प्रदेश ब्रान्ड रुखको औपचारिक घोषणा गर्छ ।’ कुनै एक वृक्षलाई धार्मिक सांस्कृतिक, ऐतिहासिक, वातावरणीय प्रभाव र सामाजिक महत्वका साथै पहिचानसँग जोडिएको रुखलाई कुनै देश वा प्रदेशको ब्रान्ड रुख घोषणा गर्ने अभ्यास रहेको जनाइएको छ ।

रुखलाई क्षेत्रीय पहिचानका रूपमा प्रस्तुत गर्दा वातावरणीय चेतना र संरक्षणमा टेवा पुग्नुका साथै सरकारलाई वृक्षको संरक्षण, संवद्र्धन र अनुसन्धानमा मद्दत पुग्ने उनको भनाइ छ । नेपालमा अहिलेसम्म कुनै रुखलाई औपचारिक रूपमा राष्ट्रिय रुख घोषणा गरिएको छैन । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक मधेश सरकारले प्रदेशको ब्रान्ड रुख घोषणा गर्न लागेको हो ।

भारतले ‘वर’लाई राष्ट्रिय रुख घोषणा गरेको छ । त्यस्तै, अमेरिकाले ओक रुख, चिनले जिइगो, बंगलादेशले आँप, पाकिस्तानले देवदार, बेलायतले ओक रुखलाई राष्ट्रिय रुख घोषणा गरेका छन् । भारतका राज्य सरकार हरूले पनि प्रदेश रुख घोषणा गरेका छन् । भारतको आन्ध्र प्रदेशले निम, अरुणाचलले हाँलोग, असमले हाँलोग, बिहारले र हरियाणाले पिपल, उत्तर प्रदेशले अशोक, पश्चिम बंगालले चितौन, पञ्जाबले सिसो, राजस्थानले खजुरलाई प्रदेश ब्रान्ड रुख घोषणा गरेका छन् ।

भारतको श्रीनगर प्रहरी चौकीमा विस्फोट : सातको मृत्य

जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम बाइपास प्रहरी चौकीमा ...

बिहार विधान सभा निर्वाचन : सत्तारूढ गठबन्धन एनडिएल

भारतको बिहार राज्यको विधान सभाका लागि भएको चुनावमा भारत ...

बिदामा आएका सहायक हवल्दारले लिए वडाध्यक्षको ज्यान

धनुषामा बिदामा घर आएका प्रहरीका एकजना सहायक हवल्दारले श ...

कार्तिक २९ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल कार्तिक २९ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब