सीमावर्ती भारतीय शहरको सीमाबाट इराकी नागरिक पक्राउ

  • असार ९, २०८२ | ५५३ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलको सीमाबाट एक इराकी नागरिकलाई भारतीय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।

कागजात अभाव र शङ्कास्पद गतिविधिमा संलग्न रहेको आशङ्कामा उनलाई रक्सौलको सुरक्षा जाँच चौकीबाट पक्राउ गरिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका व्यक्ति नेपाल हुँदै भारत प्रवेश गर्ने प्रयासमा थिए । यद्यपि आवश्यक कागजात नदेखाएपछि सुरक्षाकर्मीहरूले उनलाई रोकेर सोधपुछ गरेका थिए । उनलाई नियन्त्रणमा लिएर हाल भारतीय सुरक्षा तथा गुप्तचर निकायहरूले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन् ।

पक्राउ परेका इराकी नागरिकको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । भार त–नेपाल खुला सीमाका कारण हुने अवैध आवतजावत र शङ्कास्पद गतिविधिलाई नियन्त्रणमा लिन दुवै देशका सुरक्षा निकायहरू सतर्क रहेका छन् । यसअघि पनि नेपालको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका चिनिया नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीहरूले रक्सौलबाट नियन्त्रणमा लिएका थिए ।

घटनाले सीमाको सुरक्षामा थप संवेदनशीलता अपनाउनुपर्ने आवश्यकता औँल्याएको सुरक्षा स्रोतहरूले जनाएका छन् 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब