श्रम मन्त्रालयको गाडी प्रकरणले सरकारको ध्यानाकर्षण, सवारी साधनको विवरण एक साताभित्र उपलब्ध गराउन सर्कुलर

  • असार २३, २०८२ | ३०७ पटक पढिएको | सीमा संदेश
alt

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी दुरुपयोग भएको प्रकरणले सरकारको ध्यानाकर्षण भएको छ ।

मन्त्रालयको गाडी हराएको र फेरि भेटिएको समाचार सार्वजनिक भएपछि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग, बोर्ड, समिति, निकाय तथा मातहतका कार्यालयमा रहेका सवारी साधनको विवरण संकलन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयले सबै निकायले आइतबार गरेको परिपत्रमा भनिएको छ, ‘सवारी साधनको नाममा दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित टेबुलको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ।’

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गरेको परिपत्रमा सबै निकायलाई आफ्ना मातहतमा रहेका सवारी साधनको विवरण प्रधानमन्त्री कार्यालयमा पठाउन भनिएको छ । जसमा सवारी साधनको प्रकार, सवारी साधन नम्बर, प्रयोगकर्ताको नाम, पद, स्थायित्व (कसरी प्रयोग भइरहेको) लगायतको विवरण खुलाएर पठाउन भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले उक्त जानकारी राष्ट्रिय सतर्कता केन्द्र समेतलाई गराएको छ ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब